कूटनीति

मोदीले राजदूतमार्फत पठाए प्रधानमन्त्री प्रचण्डलाई बधाई पत्र

इकागज |
पुस १५, २०७९ शुक्रबार १३:४१ बजे

काठमाडौँ - नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । 

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । 


भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको शर्माले बताए । 

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएलगत्तै मोदीले ट्वीटरमार्फत् बधाई दिएका थिए । 

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


Author

थप समाचार
x