कूटनीति

राजदूत अधिकारी र पाकिस्तानी प्रमका विदेश मामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता

इकागज |
पुस १८, २०७९ सोमवार १८:८ बजे

काठमाडौँ- पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेश मामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामावादस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा उनीहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का साथै दक्षिण एसियामा क्षेत्रीय सहयोग प्रवर्द्धनबारे छलफल भएको इस्लामावादस्थित नेपाली राजदूतावासले बताएको छ ।



Author

थप समाचार
x