कूटनीति

जापानी पहरामा नेपालीले बनाएको बुद्धकाे मूर्तिको राजदूतद्वारा अवलोकन

इकागज |
पुस २३, २०७९ शनिवार २०:१९ बजे

जापान- जापानको कुमामोतो चट्टानी पहरामा बनेको बुद्धको मूर्तिको जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले अवलोकन गरेका छन् ।

६० फुटको बुद्ध मूर्तिसहित अन्य मूर्ति बनाउने काममा नेपालका मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको ९ जनाको टिमले उक्त मूर्ति बनाएका छन् । शनिबार कुमामोतो पुगेका राजदूतसहित कुमामोतोकाे प्रान्तमा पर्ने आमाकुशा नगरपालिकाका प्रमुख ताकाओमी होरीय, बुद्ध मूर्ति निर्माण प्रतिष्ठानका अध्यक्ष ओसिमा सिजुकी र राजदूतकी श्रीमती पुनम सुवेदीले अवलोकन गरेका हुन् ।


ठूला र साना गरी ७ वटा मूर्ति बनिसकेको साढे २ वर्ष पछि ति बुद्ध मूर्तिको औपचारिक उद्घाटन हुनेछ ।


Author

थप समाचार
x