कूटनीति

नवनियुक्त चिनियाँ राजदूतले भने: चीन-नेपाल मित्रता अमर रहोस्

इकागज |
पुस २४, २०७९ आइतबार १६:४१ बजे

काठमाडौँ - नेपालका लागि नवनियुक्त राजदूत चेन सोङले  हिमाल र नदीले जोडिएको चीन र नेपालबीच चिरकालीन मित्रता अमर रहोस् भन्ने बताएका छन् ।  सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालले सधैं एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका उल्लेख गरे । 

साथै राजदूत चेनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको र दुई राष्ट्र प्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएको समेत स्मरण गरे । 


 कार्यभार सम्हाल्न आज नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गरेका थिए । 

यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उनलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२आौं राजदूत हुन् । 


Author

थप समाचार
x