कूटनीति

नेपाली राजदूत अधिकारीले भेटे पाकिस्तानका कानुन राज्यमन्त्री

इकागज |
माघ ११, २०७९ बुधबार २१:५६ बजे

फाइल फोटो

काठमाडौँ - पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारको कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानसँग भेटवार्ता गरेका छन्।

बुधबार राज्यमन्त्री अवानको इस्लामावादस्थित कार्यकक्षमा भएको भेटमा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुमधुर बनाउने उपायबारे छलफल भएको राजदूत अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।


यस्तै भेटमा दुई देशबीचको संसदीय सहकार्यबारे पनि छलफल भएको राजदूत अधिकारीले जनाएका छन्।


Author

थप समाचार
x