कूटनीति

प्रधानसेनापति र यूएईका राजदूतबीच भेटवार्ता

इकागज |
माघ १७, २०७९ मंगलबार २०:५७ बजे

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला बिन जरवन अल शस्मीबीच भेटवार्ता भएको छ । 

प्रधानसेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा मंगलबार भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 


यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।


Author

थप समाचार
x