कूटनीति

उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै

इकागज |
माघ १९, २०७९ बिहीबार ८:५१ बजे

काठमाडौं - परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलंका जाँदैछिन् । श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल राजधानी कोलम्बो जान लागेकी हुन् । श्रीलंका भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री पौड्यालले शुक्रबार (माघ २० गते) श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । माघ २१ गते उनले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।


उनी माघ २५ गते काठमाडौं फर्किने कार्यक्रम छ ।


Author

थप समाचार
x