कूटनीति

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका प्रस्थान

इकागज |
माघ १९, २०७९ बिहीबार १५:० बजे

फाइल तस्बिर

काठमाडौँ- परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छिन् ।

उनलाई श्रीलंकाको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनेछिन् । सो अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेकाे छ ।

भोलि (शुक्रबार) श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेटवार्ता गर्नेछिन् ।

परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।


Author

थप समाचार
x