कूटनीति

प्रधानमन्त्री र युएसएआईडीका प्रशासक सामान्था पावरबीच भेटवार्ता

इकागज |
माघ २५, २०७९ बुधबार १७:१२ बजे

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अमेरिकन नियोग युएसएआईडीका प्रमुख प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो ।

यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन् ।​


सामन्था पावर मंगलबार नै नेपाल आएकी हुन् । नेपाल आएलगत्तै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहेकी छिन् ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।


Author

थप समाचार
x