कूटनीति

तीन दिने भ्रमणका लागि भारतीय विदेश सचिव नेपाल आउँदै

इकागज |
माघ २७, २०७९ शुक्रवार ९:४३ बजे

काठमाडौँ- भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन । आगामी १ फागुन सोमबार उनी नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।


सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने छन् । 


Author

थप समाचार
x