कूटनीति

प्रधानमन्त्री दाहालसँग साउदीका राजदूतको भेट

इकागज |
माघ २७, २०७९ शुक्रबार १७:४९ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



Author

थप समाचार
x