कूटनीति

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको शिष्टाचार भेटवार्ता

इकागज |
फागुन १, २०७९ सोमबार १७:४ बजे

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । 

सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवास पुगेका विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 


यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए । सो क्रममा नेपालको विकास र कनेक्टिविटीको विषयमा छलफल भएको मन्त्री राईले जानकारी दिइन् । 

सोमबार बिहान दुईदिने नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', राजनीतिक दलका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । 


Author

थप समाचार
x