कूटनीति

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता

इकागज |
फागुन १, २०७९ सोमवार १९:३० बजे

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटघाट भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव क्वात्राले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता सकेपछि विदेश सचिव कांग्रेस सभापति देउवालाई भेटन पुगेका हुन् । 


यसपछि विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई देशको सचिवस्तरीय वार्ताका लागि क्वात्रा आज नेपाल आएका हुन् ।


Author

थप समाचार
x