कूटनीति

प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव क्वात्राको भेट

इकागज |
फागुन १, २०७९ सोमबार १९:३३ बजे

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको छ ।

सोमबार बिहान काठमाडौं आइपुगेका सचिव क्वात्रा प्रधानमन्त्री दाहालसँगको शिष्टाचार भेटवार्ताका लागि बालुवाटार पुगेका थिए ।


भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x