कूटनीति

भारतीय विदेशसचिवले आज पनि भेटघाट जारी राख्‍ने

इकागज |
फागुन २, २०७९ मंगलबार ८:१ बजे

काठमाडौं - नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले आज पनि आफ्नो भेटघाटलाई जारी राख्ने भएका छन्। आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

हिजो सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री बिमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । 
 



Author

थप समाचार
x