कूटनीति

नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे दूतावासमा

इकागज |
फागुन ३०, २०७९ मंगलबार १६:४८ बजे

काठमाडौं - अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् । ​ 

मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका  सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिए । ​


अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए ।

सभामुख घिमिरेले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेका थिए । 
 


Author

थप समाचार
x