कूटनीति

नवनियुक्त परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

इकागज |
बैशाख ३, २०८० आइतबार १९:५१ बजे

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । साउद परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तव उनलाई भेट्न मन्त्रालय पुगेका हुन् । 


भेटमा श्रीवास्तवले नवनियुक्त मन्त्री साउदलाई बधाई दिएका थिए । भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका विषयमा पनि सामान्य छलफल भएको बताइएकाे छ ।


Author

थप समाचार
x