कूटनीति

उच्च राजनीतिक भेटघाट गर्ने

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा

इकागज |
बैशाख ४, २०८० सोमबार ६:४३ बजे

काठमाडौँ - भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरे । चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र काठमाडौँ पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आइपुगेका हुन् । रासस
 


Author

थप समाचार
x