कूटनीति

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

इकागज |
बैशाख ५, २०८० मंगलबार १७:५४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं  एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गरेकी छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


त्यस्तै उनीहरूबीच अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाल सन् २०२६ मा विकासिल राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा पनि छलफल भएको थियो ।


Author

थप समाचार
x