कूटनीति

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली संघका राजदूतको भेट

इकागज |
बैशाख १४, २०८० बिहीबार १७:५५ बजे

काठमाडौँ- कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली संघका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहार्दपूर्ण रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।


सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x