कूटनीति

राष्ट्रसंघ आवासीय संयोजक हानाले भेटिन् परराष्ट्रमन्त्री

इकागज |
बैशाख १५, २०८० शुक्रबार १७:५३ बजे

काठमाडौँ- नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर–हाम्डीले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर सिंगर–हाम्डीले परराष्ट्र मन्त्री साउदलाई भेटेकी हुन् ।

उक्त अवसरमा दुई जनाबीच नेपाल र संयुक्त राष्ट्र संघबीचको सहकार्यका विभिन्न सम्बन्धित विषयमा छलफल भएको थियो । नेपालको सन् २०२६ पछि कम विकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा पनि छलफल भएको थियो ।


साथै, परराष्ट्र मन्त्री साउदलाई भेट्न बुधबारै नर्वेकी राजदूत टोरन ड्राम्डल पनि मन्त्रालय पुगेकी थिइन् । उक्त अवसरमा दुई जनाबीचमा द्विपक्षीय सम्बन्धका विविध पक्षको बारेमा कुराकानी भएको थियो ।


Author

थप समाचार
x