कूटनीति

उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

इकागज |
बैशाख २०, २०८० बुधबार १७:२६ बजे

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन् । 

लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।


सो क्रममा उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चार्ल्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना गरेका थिए । उनले भूतपूर्व गोर्खा सैनिकका मागको विषयमा छिट्टै समाधान निस्कनेछ भन्ने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राजदूत पोलिटले गोर्खा सैनिकले पुर्‍याएको योगदानका लागि आभार प्रकट गरेकी थिइन् । उनले भूपू गोर्खा सैनिकको मागको विषयमा भएका वार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको बताएकी थिइन् ।


Author

थप समाचार
x