कूटनीति

मन्त्री साउद बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी

इकागज |
बैशाख २४, २०८० आइतबार ७:४४ बजे

फाइल फोटो

लन्डन - परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन् । 

 वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका हुन् । उनी शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको  स्वागत समारोहमा पनि सहभागी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गरेको जनाइएको छ ।



Author

थप समाचार
x