कूटनीति

अस्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्स नेपाल आउँदै

इकागज |
बैशाख २४, २०८० आइतबार ९:१९ बजे

काठमाडौँ- अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् । नेपालस्थित अस्ट्रेलियन दुतावासले अस्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्स नेपाल आउन लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ ।

वाट्स यसै महिना नेपाल आउने भएपनि समय भने खुलाइएको छैन । वाट्सले पनि सामाजिक सञ्जालमार्फत आफूले यसै महिना नेपालको भ्रमण गर्ने जानकारी दिएका छन् ।


नेपाल भ्रमणअघि वाट्सले अस्ट्रेलियामा रहेका नेपालीसँग अन्तरक्रिया समेत गरेका थिए । अन्तरक्रियाका क्रममा उनले दुई देशबीचको सम्बन्ध सुधार तथा भ्रमणको एजेन्डाबारे छलफल गरेका थिए ।


Author

थप समाचार
x