कूटनीति

चिनियाँ दूतावासको टोलीले भेट्यो रास्वपाका पदाधिकारीलाई

इकागज |
जेठ ११, २०८० बिहिवार १६:१३ बजे

काठमाडौँ- नेपालका लागि चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँग भेटवार्ता गरेको छ । बिहीबार बसुन्धारास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो । 

सो भेटमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता थियो । सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।



Author

थप समाचार
x