कूटनीति

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा, राज्यमन्त्री लेखीले गरिन् स्वागत

इकागज |
जेठ १७, २०८० बुधवार १६:२१ बजे

काठमाडौँ- ​चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको नयाँदिल्ली पुगेका छन् ।

बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।


प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनी जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

 


Author

थप समाचार
x