कूटनीति

राजदूत सिफारिसमा जसपा ठाकुर पक्षधरकाे पनि आपत्ति

इकागज |
जेठ २, २०७८ आइतबार २०:५७ बजे

काठमाडौँ : राणाकालीन शैलीमा मन्त्रिपरिषद्ले राजदूत नियुक्तिको सिफारिसबारे सत्ता साझेदार झैँ बनेको जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षधरले पनि विरोध गरेको छ । ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ११ राजदूत सिफारिसबारे कुरा उठाउँदै यसबारेमा गम्भीर ध्‍यानाकर्षण भएको बताएका हुन् । 

ओलीको रक्षाकवच बनेर वैकल्पिक सरकार गठनमा समेत बाधक बनेका ठाकुरले ओलीको निर्णयमा चासो राख्दै असन्तुष्टि व्यक्त गरेका हुन् । राजदूत सिफारिस गर्दा ठाकुरले जसपाको भागसमेत खोजेका छन् । । उनले कम्तीमा तीन मुलुकमा आफ्नो पार्टीले सिफारिस गरेकाे व्यक्ति राजदूत  हुनुपर्ने भन्दै निर्णय पुनः विचार गर्न ओलीलाई समय दिएको जसपाका एक नेताले भने ।


जसपाकै उपेन्द्र यादवले छुट्टै बक्तव्य  निकालेर राजदूत सिफारिस हाँस्यापद र पद बाँड्ने शैली भएको टिप्पणी गरेका छन्। संविधान र निर्देशिकालाई कुल्चेर यस्तो निर्णय ओलीबाट आउनु अस्वभाविक नभएकाे भन्दै यादवले प्रधानमन्त्रीले मुलुककाे इज्जत र प्रतिष्ठाकाे ख्याल प्रधानमन्त्रीले नगरेकाे बताएका छन् ।  

राजदूत जस्तो महत्वपूर्ण र गम्भीर पदमा सडकमा बच्चालाई मिठाइ वितरणा गरेकाे शैलीले राष्ट्र हित नगर्ने उनकाे भनाइ छ । ठाकुर पक्षधरले राजदूतमा सत्तारुढ एमालेका कार्यकर्ता मात्रै सिफारिश गरेपछि आपत्ति जनाएकाे हाे ।


Author

थप समाचार
x