कूटनीति

जापानको प्राविधिक सहायता कार्यक्रम

इकागज |
जेठ ५, २०७८ बुधबार १५:२५ बजे

काठमाडौं : नेपालस्थित जापानी दूतावासले चालु आर्थिक वर्षको प्राविधिक सहायता कार्यक्रमका लागि परराष्ट्र मन्‍त्रालयसँग कूटनीतिक वार्ता गरेको छ । सन् २००३ बाट जापानले वार्षिकरूपमा यस्तो सहायता दिइरहेको छ ।

नेपालका सरकारी कर्मचारीहरूलाई जापानको ज्ञान, प्रविधि र अनुभव प्रदान गर्न तालिम दिइन्छ । जापानको दातृ नियोग जाइकाले यो कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको छ । यसले ५० विषयमा तालिम प्रदान गरिरहेको छ ।

नेपालमा फैलिरहेको कोभिड-१९ महामारी नियन्त्रण र भविष्यमा यसको रोकथामका लागि सार्वजनिक स्वास्थ्य अवस्था सुधार गर्नु आवश्यक छ । कोभिड-१९ को रोकथामका लागि आवश्यक हात धुने पानीका लागि ट्यांकी सञ्‍चालनमा ल्याइएको उल्लेख छ ।



Author

थप समाचार
x