कूटनीति

खोप उपलब्ध गराउन बेलायती राजदूतसँग प्रधानमन्त्री ओलीको आग्रह

इकागज |
जेठ ६, २०७८ बिहीबार १४:२ बजे

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ : प्रधानमन्‍त्री केपी शर्मा ओलीले पूरानो मित्र राष्‍ट्र बेलायतसँग नेपाललाई आवश्‍यक खोप उपलब्‍ध गराउन आग्रह गरेका छन् । उनले कोभिडविरुद्धको लडाइँमा सहयोग गर्न मित्र राष्‍ट्रहरूलाई आग्रह गर्ने क्रममा बेलायतसँग पनि खोप मागेका हुन् ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटलाई बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा शिष्‍टाचार भेट दिँदै प्रधानमन्‍त्री ओलीले एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन आग्रह गरेका हुन् । 


प्रधानमन्‍त्रीका प्रेस सल्‍लाहकार सूर्य थापाकाअनुसार नेपाली जनताका लागि  भेटमा दुई देशबीचको आपसी सम्बन्धका विषयमा पनि छलफल भएको थियो । यसअघि  उपप्रधानमन्‍त्री, परराष्‍ट्रमन्‍त्री, स्‍वास्‍थ्‍य मन्‍त्रीले पनि आ-आफ्‍नो तर्फबाट कोभिडिवरुद्धको लडाइँमा सहयोग गर्न आग्रह गरेका थिए ।


Author

थप समाचार
x