कूटनीति

बेलायतले २० लाख खोप दिने निश्‍चित भयो

भारतले समयमा काेभिसिल्ड नदिँदा अर्को डोज लगाउने समय सीमा नाघ्दै

इकागज |
जेठ ८, २०७८ शनिवार १४:२३ बजे

काठमाडौँ : नेपालको सबै भन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मित्र मुलुक बेलायतले २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप काेभ्याक्स कार्यक्रम अन्तरगत उपलब्ध गराउने भएको छ । बेलायतले नेपाललाई अहिले खोपको आवश्यकता परेको भन्दै खोप छिटाे उपलब्ध गराउन लागेको हो । विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खाेप (कोभिसिल्ड) उपलब्ध गराउन लागेको हो । 

भारतकाे  सिरम कम्पनीले काेभिसिल्ड उपलब्ध नगराएको कारण पहिलो डोज खोप लगाएकाहरूले अर्को डोज लगाउन पाएका छैनन् । यो अवस्थामा पुरानो मित्र मुलुकको सहयोग अग्रसरता आफैँमा अर्थपूर्ण छ । बेलायतले आफैँले नभै काेभ्याक्स कार्यक्रम अन्तरगत उक्त सहयोग गर्न लागेको हो । खाेपमा बेलायतले दुई पक्षीय सहयोग पनि गर्ने बताउँदै आएको छ । हुनत काेभ्याक्स कार्यक्रम अन्तरगत झण्डै २५ लाख खाेप नेपालमा आउने पहिले नै भनिएको थियो । एक खेपपछि आउन सकेको छैन् ।


नेपाललाई खोप उपलब्ध गराउनेबारे त्यहाँकाे उपल्लो सदनमा बहस भएर निर्णयमा पुगेकाे हाे । यद्यपि यो खोप कुनै कूटनीतिक प्रयास वा त्यहाँ रहेका राजदूतको पहलकदमीमा नभइ बेलायतमा रहेका गोर्खा र काठमाडौँमा रहेका बेलायती राजदूत निकोल पोलिटको सक्रियतामा आउन लागेको हो । दुई दिनअघि पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा जानकारी दिएकी थिइन तर सरकारले बेलायतसँग खोप मागेको भन्दै खोप राजनीति गरेको थियो । 

बेलायती संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा बहस हुने भएपछि राजदूत पोलिटले त्यसको जानकारी प्रधानमन्त्री ओलीलाई दिएकी थिइन् । बहस बिहीबार भएको थियो । बेलायती संसद्मा नेपाललाई सहयोग गर्नेबारे लामै छलफल भएकाे जानकारी परराष्ट्र मन्त्रालयलाई आएको छ ।

अब बेलायत सरकारले औपचारिक रूपमा खोप नेपाल पठाउने बताए पनि उक्त खाेप काेभ्याक्स सहायता अन्तरगत नै रहेको उल्लेख छ । बेलायती विदेश मन्त्रालयले नेपाललाई तत्काल खोप उपलब्ध गराउने जानकारी संसद्‍मा दिएसँगै निर्णय लिएको हो । यसअघि नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा पनि बेलायतकाे मुख्य हिस्सा सहयोग थियो ।

बेलायती विदेश मन्त्रालयका अधिकारीले यसअघि पनि नेपाललाई आवश्यक पर्ने सहयोगबारे लगातार छलफल गरिरहेका छन् । बेलायतमा रहेका नेपाली राजदूत स्वयं  सक्रिय भएर आफैँल विभिन्‍न भेटघाट र प्रयास गर्न पर्नेमा उनलाई परराष्ट्रको डेक्सबाट लगातार ताकेता गर्न परिरहेको छ। 

मुख्य सचिव रहँदा विधिविधान भन्दा पनि प्रधानमन्त्री रिझाउने खेलमा लागेर राजदूत भएका लोकदर्शन रेग्मीलाई परराष्ट्र मन्त्रालयले घच्घच्याउन परेकाे छ । उनी न राजनीतिक व्यक्ति न कूटनीतिक न त धुरन्धर अध्ययन गरेका व्यक्ति । उनले त्यहाँ गएर आफ्नो कुरा समेत स्पष्ट राख्‍न नसक्ने परराष्ट्र अधिकारीको धारणा छ । सोही कारण उनले राजदूत भएर जाँदा समेत नेपाल सरकारले दिने प्रशिक्षण समेत छलेका थिए । नाेट: बेलायती राजदूतले  केही  अस्पष्ट भएकाे भन्दै काेभ्याक्स कार्यक्रम अन्तरगतको सहयाेग रहेकाे स्पष्ट पारेकी छन् । 


Author

थप समाचार
x