कूटनीति

अमेरिकाले उपलब्ध गरायो एक सय भेन्टिलेटरसँगै कोभिड परीक्षण उपकरण

इकागज |
जेठ ८, २०७८ शनिबार २०:३ बजे

काठमाडौँ  : शक्ति मुलुक अमेरिकाले नेपाललाई कोभिड-१९ विरद्धको लडाइमा साथ दिन स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्टिय विकासका लागि अमेरिकी सहयोग निकाय (यूएसएआईडी) र यहाँस्थित अमेरिकी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । 

अमेरिकी सहायताको यो पहिलो खेप हो । अमेरिकाले नेपाललाई खोपसमेत सहयोग गर्ने तयारी रहेको अवस्थामा स्वास्थ्य सामग्रीको यो पहिलो खेप आएको हो । सहयोग थप दुई खेप नेपाल आउने जनाइएको छ । मालबाहक अमेरिकी विमानबाट सहायता नेपाल आइपुगेको हो । 


यो सहयोग यूएसएआईडीमार्फत यसअघि अमेरिकाबाट प्राप्त सहयोगको अतिरिक्त सहायता भएको पनि मन्त्रालयले जनाएको छ । प्राप्त सहायता सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, १०० थान भेन्टिलेटर, कोरोना जीवाणु परीक्षण गर्ने उपकरण, एक हजार थान अक्सिजन सिलिण्डर, चिकित्सा अक्सिजन प्रयोगका निम्ति आवश्यक पर्ने अन्य वस्तु छन् । 

अमेरिकी सरकारले नेपाललाई अन्य सहयोग पनि उपलब्ध गराउँदै गएको छ । उसले खोप दिने मुलुकको सूचमिा नेपाल समेत पर्ने बताइएको छ । अमेरिकाले नेपालमा खोप दिनु पर्ने भन्दै दूतावासमा निवेदन हाले पनि त्यस प्रकारका नेपालीलाई अमेरिका तत्काल सहयोग अघि बढाएर जवाफ दिएको हो । 


Author

थप समाचार
x