कूटनीति

नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र सार्क सुदृढीकरणबारे छलफल

इकागज |
जेठ १०, २०७८ सोमबार ७:४७ बजे

काठमाडौँ : पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले गत साता पाकिस्तानका प्रतिपक्षी दलका नेता मुहम्मद शेबाज सरिफ र पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद अब्बासीसँग इस्लामावादमा भेटघाट गरेका छन् । 

उक्त शिष्टाचार भेटमा नेपाल र पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध विस्तार, क्षेत्रीय सहयोग संगठन– सार्कको सुदृढीकरण र दुवै देशमा कोभिड–१९ महामारी उत्पन्न प्रभाव तथा पारस्पारिक सहयोगका सम्बन्धमा कुराकानी भएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ । 


भेटघाटका क्रममा पूर्व प्रधानमन्त्री अब्बासीले सन् २०१८ मा भएको नेपाल भ्रमण र नेपाली शीर्ष नेताहरूसँगको छलफलको समेत स्मरण गरेका थिए । उक्त भेटघाटमा पाकिस्तानका पूर्व मन्त्रीहरू मारियम औरङ्गजेब, राना तानभीर हुसैन, आशान इकबाल र तारिक फजल उपस्थित थिए । 
 


Author

थप समाचार
x