कूटनीति

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न अमेरिकी राष्ट्रपति बाइडनका विशेष सहायक लाउबाचर बालुवाटारमा

इकागज |
मंसिर २१, २०८० बिहिवार १०:१५ बजे

काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छन् । 

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


बुधबार वरिष्ठ निर्देशक लाउबाचरले  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउनेबारेमा छलफल गरेका थिए । बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेकी उनले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गरेकी थिइन् । 


Author

थप समाचार
x