बेलायतस्थित नेपाली दूतावासले डेली मेललाई नेपालमा नयाँ भाइरस पुष्टि गर्न दियो चुनौती
काठमाडौँ : बेलायतस्थित नेपाली दूतावासले 'द डेली मेल' पत्रिकालाई नेपालमा देखिएको 'नयाँ भेरियन्ट' खण्डन गरी पत्र पठाएको छ । नेपालमा देखिएको कोभिड-१९ को भाइरस अल्फा र डेल्टा छन् । 'तिनिहरू दुवै नेपालमा फेला परेको होइन,' दूतावासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ' नेपालस्थित विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा तीव्र रुपमा डेल्टा भाइरस फैलिइरहेको छ ।'
बेलायती अखबार ‘दी डेलीमेल’ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका दाबी गरेको थियो । ट्याबोलोइड दैनिकले बिहीबारको अंकमा ‘नेपाली भेरियन्ट’को कोरोनाले बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण’ भएको कभर स्टोरी छापेको थियो ।
नेपालमा बी १.६१७ भेरियेन्ट फैलिएको भए पनि वैज्ञानिकहरुले नयाँ भेरियन्ट पत्ता लागाएको समाचारमा दाबी गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया