वैकल्पिक उर्जामा लगानी बढाउँदै कतार
काठमाडौँ : कतार आफ्नो अर्थतन्त्र विविधिकरण गर्न लागिपरिरहेको कतारी राष्ट्रप्रमुख शेख तमिम बिन हमाद अल थानीले बताएका छन् । रुसमा आयोजित सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकनमिक फोरमलाई गत बिहीबार भर्चुअल माध्यबाट सम्बोधन गर्दै थानीले आफूहरुले विदेशी लगानीकर्ता तथा निजी क्षेत्रलाई स्वागत गरिरहेको पनि बताए ।
‘हामी कतारी अर्थतन्त्रलाई विविधिकरण गर्ने बाटोमा अघि बढेका छौ । त्यसका लागि विदेशी र निजी क्षेत्रबाट लगानी बढोस भन्ने चाहना हो । त्यसका लागि हामी उनीहरूलाई सहुलियत दिने कार्य गरिरहेका छौ । कतारी सरकारसँग मिलेर व्यापार गर्न चाहनेलाई पनि हामी स्वागत गरिरहेका छौ,’ खाडीको सानो तथा अन्तराष्ट्रिय राजनीतिमा प्रभावशाली मानिने मुलुकका प्रमुख थानीको भनाइ थियो ।
कतार आफैँ पेट्रोलियम पदार्थ तथा ग्यासमा धनी मुलुक भए पनि वैकल्पिक उर्जामा लगानी बढाइरहेको पनि थानीले बताए । ‘जलवायु परिवर्तन र वातावरणमा परिरहेको नकारात्मक प्रभावसँग लड्न पनि वैकल्पिक उर्जाको सहयोग चाहिन्छ । त्यसमा कतार प्रष्ट छ । त्यसकारण हामी त्यस क्षेत्रमा लगानी बढाइरहेका छौ,’ थानीको भनाइ थियो ।
सोही अवसरमा थानीले आफ्नो मुलुक र रुसको सम्बन्ध ऐतिहासिक रहेको र पछिल्लो वीस वर्षमा दुई मुलुक झन् नजिक रहेको पनि धारणा व्यक्त गरे । रुससँग विभिन्न क्षेत्रमा लगानी सहकार्य गरिरहेको र यो भविष्यमा पनि कायम रहने उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया