कूटनीति

राष्ट्रपतिसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

इकागज |
मंसिर ११, २०७७ बिहीबार १९:३२ बजे

काठमाडौँ : दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले  राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल र भारतबीच रहेको सम्बन्धबारे कुराकानी भएको थियो । 

बिहान काठमाडौं ओर्लेका उनले नेपाल भारत सचिव स्तरीय बैठक लगत्तै राजनीतिक भेटवार्ता शुरु गरेका हुन् । यस अघि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरिसकेका छन् । 


अहिले शिष्टाचार भेटका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । उनको शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । 


Author

थप समाचार
x