कूटनीति

परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाने

इकागज |
भदौ १, २०८१ शनिबार १९:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- पराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही भदौ २ गतेदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् । उनका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धनबारे छलफल गर्ने जनाइएको छ । दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।


परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।


Author

थप समाचार
x