कूटनीति

आतंकवादविरूद्ध लड्न विश्‍वव्यापी समन्वय र सहकार्यको आवश्यकता छ : कतार

इकागज |
असार १५, २०७८ मंगलबार १४:५२ बजे

फाइल फोटो

काठमाडौँ : आतंकवादविरूद्धको सहकार्यमा कतार सधै प्रतिवद्ध रहेको जनाएको छ । आतंककारी गतिविधिका कारण पीडित भएकाप्रति कतारले सदैव सहानुभूतिको भाव राख्दै उनीहरुको घाउमा मल्हम लगाउने काममा कतार सरकार कटिबद्ध रहेको कतारका उपप्रधान एवं परराष्ट्रमन्त्री शेख मेहम्मद विन अब्दुल रहमान अलथानीले बताए । 

उनले सोमबार संयुक्त राष्ट्र संघमा संलग्‍न ‘आतंकवाद विरूद्ध एकताबद्ध राष्ट्र’का प्रमुखहरूको दोस्रो सम्मेलन (भर्चुअल)को उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री अलथानीले आतंकवादलाई निर्मुल पार्न अन्तर्राष्ट्रिस्तरकै उच्चस्तरको समन्वय र सहकार्यको आवश्यकता औल्याए । 


 विश्वस्तरीय समन्यमा सहकार्य गर्न कतार आफ्नो तर्फबाट प्रतिवद्ध रहेको बताउँदै भने,  ‘आतंकवादले कुनै पनि निहुमा विश्वको कुनै कुनामा पनि प्रश्रय पाउन हुँदैन । त्यसको जरै देखि समाधान गर्नुपर्छ । यसमा कतार सहकार्य गर्न तयार छ। ’

उपप्रधानमन्त्री अलथानीले आतंकवाद र हिंस्रक उग्रवादका कारण विश्व नै आक्रान्त बन्न पुगेको भन्दै त्यसलाई निस्तेज गर्न एक पटक विश्वले फरक कोणबाट सहकार्य थाल्नु पर्ने बताए । शिक्षा, स्वास्थ्य, प्रविधिको  क्षेत्रमा समान वितरण तथा सबैको पहुंचलाई सुनिश्चित गर्न सकेको खण्डमामात्र विश्वबाट आतंकवाद विस्थापित हुने धारणा पनि उनले राखे ।

कैयन मानिसलाई शिक्षाको कारण यस विषयमा जानकारी समेत नभएको भन्दै यसता विषयमा ध्यान पुर्‍याउन आवश्यक छ । ‘आतंकवाद रोक्नको लागि कतारले गत वर्षको डिसेम्बरमा एउटा कार्यालयको व्यवस्था गरेको छ । त्यहिबाट शान्ति प्रकृयाका विभिन्न काम पनि भैरहेको छ,’ उपप्रधान मन्त्रीले उक्त कार्यक्रममा भने, ‘कतारले आफूलाई आतंकवाद विरूद्ध योगदान पुर्‍याउनको लागि तत्पर रहेको बताएको छ, साथै कतारले आतंकवाद विरूद्ध संसदबाटै संकल्प प्रस्ताव पारित गरेर सहकार्य गर्दै अघि बढ्नेछ ।’ 
 
उपप्रधानमन्त्री अलथानीले राष्ट्रसंघले पारित गरेका आतंकवाद विरूद्धका संकल्प प्रस्ताव कतारले पूर्ण रूपमा पालना गर्ने बताउँदै भने, ‘हामी विश्व नै एक गाँउ जस्तो बनिसकेका छौ । यो अवस्थामा हामीले सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन । एक अर्काका राम्रा कुरा सिक्ने नराम्रा र नकारात्मक पक्षलाई पखाल्दै अघि बढ्न आवश्यक छ ।’ 


Author

थप समाचार
x