कोभिड–१९ नियन्त्रण, उपचारमा पाकिस्तानको ४ करोड ३० लाख सहयोग
काठमाडौँ : नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहले प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालसँग भेटघाट गरेका छन् । उक्त भेटघाटका क्रममा पाकिस्तानी राजदूत शाहले कोभिड नियन्त्रण तथा उपचारका लागि पाकिस्तान सरकारबाट उपलब्ध गराइएको ४ करोड ३० लाख रुपैयाँको चेक सचिव बराललाई हस्तान्तरण गरेका थिए ।
यो वित्तीय सहयोग सार्क देशहरूले प्रतिवद्धता गरेको कोभिड–१९ आपतकालीन कोषको अंश भएको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया