जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीको सम्मान (तस्बिरहरू)
प्रधानसेनापति थापासँग द्विपक्षीय वार्ता
काठमाडौँ : भ्रमणका लागि आइतबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगेका छन् । वेइले जंगी अड्डामा नेपाली सेनाले दिएको सलामी ग्रहण गरे । त्यसपछि जंगी अड्डामै वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरेका छन् । प्रधानसेनापति थापासँगको वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीच छलफलसमेत भएको छ ।
चीनको स्टेट काउन्सिल सदस्यसमेत रहेका रक्षामन्त्री वेइ आठघण्टे नेपाल भ्रमणमा आएका हुन् । उनी २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार विहान काठमाडौं ओर्लेका थिए ।
उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। प्रधानसेनापतिसँगको छलफल लगत्तै वेइ उच्च राजनीतिक भेटघाट गरेर बंगलादेश तर्फ लाग्नेछन् । उनको टोलीमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।
चिनियाँ उच्च प्रतिनिधिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै वेइले नेपाल र चीनका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए ।
उनले सैन्य सहयोग अभिवृध्दि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउने चिनियाँ चाहना पनि ब्यक्त गरे । चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए ।
General Wei Fenghe, Defence Minister and State Councilor of the People's Republic of China, inspects and receives the Guard of Honour at the Army Hqs.
— NASpokesperson (@NaSpokesperson) November 29, 2020
---
मित्रराष्ट्र चीनका रक्षामन्त्री General Wei Fenghe जङ्गी अड्डामा सम्मान गारद ग्रहण तथा निरीक्षण गर्नु हुँदै ।#GuardofHonor pic.twitter.com/WAJLMcXher
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया