कूटनीति

नेपाललाई थप खोप दिन तयार चीन

इकागज |
असार २८, २०७८ सोमबार २२:१३ बजे

काठमाडौँ : उत्तरी छिमेकी चीनले नेपाललाई थप खोप उपलब्ध गराउँदै जाने बताएको छ । सात समुन्द्र पारीको मित्र अमेरिकाले १५ लाख ३५ हजार नेपालीलाई खोप अनुदानमा हस्तान्तरण गरिरहँदा चिनियाँ दूतवासले पनि पत्रकारसँग भर्चुअल छलफल गर्दै खोप उपलब्ध गराउने बताइरहेको थियो ।

दुवैको कार्यक्रम पूर्वनिर्धारित भए पनि प्रशंग खोपकै रहनु संयोग मात्र मान्न सकिन्न । भर्चअल पत्रकार सम्मलेनमा चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई चीनले अझै खोप सहयोग गर्ने बताएकी हुन् । चीनले अनुदानमा १८ लाख डोज खोप दिएको छ । यसबाट ९ लाख नेपाली लावान्भित भएका छन् । त्यसबाहेक चीनले अन्य मुलुकलाई भन्दा केही सस्तोमा खोउ उपलब्ध गराएको छ । त्यस्तो खोप ४० लाख आउने निश्चित भएको  छ । जसको पहिलो लट आइसकेको छ ।


तर उक्त खोप कतिमा नेपालले खरिद गरेको कतै खुलाइएको छैन । यद्यपि परराष्ट्र मन्त्रालयले भने विचौलियाविहीन तवरले उक्त खोप आएको हुँदा अन्य मुलुकलाई भन्दा सस्तो परेको दाबी गर्दै आएको छ । पत्रकार सम्मेलनमा चीनले खोपमा पनि सहयोगमा ढिलाई गरेको उत्तरी नाका समयमा नखुल्दा नेपालीलाई असहज परेका जस्ता विषय उठेका थिए ।

उनले त्यो सबै समाधान उन्मुख रहेको पनि बताइन् । कोभिड-१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको स्मरण गर्दै नेपाललाई चीनले थप सहयोग गर्दै जाने बताइन् । नेपाल चीनको विश्वासिलो र पुरानो मित्र मुलुक हो । राजदूत होउले चीनमा हालै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्षगाँठ र नेताहरुसँगको अन्तरक्रिया लगायतको विषय पनि छलफल गरेका थिए ।

अहिले चीनले आफ्नो ध्यान कोभिड नियन्त्रणमा नै फोकस गरेको पनि बताइन् । चीन आफ्ना छिमेक र मित्रराष्ट्रसंंग सबै खाले सहकार्य गरेर अघि बढ्न चाहेको पनि बताइन् । उनले चीनले अहिले १० फरक फरक कोभिड–१९ खोप उत्पादन गरेको जानकारी दिएकी थिइन् । त्यसमध्ये दुई ओटा खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको र सोही प्रकारका खोपहरु विश्वका एक सहय मुलुकमा पुगेको बताइन् । 

हामीले विश्वका सबै मुलुकलाई  ‘नन-डिस्कलोजर अग्रिमेन्ट’मार्फत नै खोप उपलब्ध गराउकाले यसलाई एक प्रकारको सहकार्यमा आएको बुझ्नसमेत भनिन् । उनले विश्वका विकासोन्मुख मुलुकहरुमा खोप सहयोग गरेर जनताको जीवनरक्षा गर्ने र मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि सहयोग गर्ने जानकारी दिँदै क्षेत्रीय तथ उपक्षैत्रीय सहकार्यपनिसँगै अघि बढाउने बताइन् ।


Author

थप समाचार
x