कूटनीति

सरकारका प्रवक्ता र भारतीय राजदूतबीच भेटवार्ता

इकागज |
असार ३१, २०७८ बिहीबार १९:७ बजे

काठमाडौँ : सरकारका प्रवक्ता एवं कानून,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच मन्त्रालयमा शिष्टाचार भेट भएको छ । सिंहदरबारमा बिहीबार भएको भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

क्वात्राले नेपाल र भारत बिचको सम्बन्ध ऐतिहासिक रहेको स्मरण गर्दै आगामि दिनमासमेत दुई देशबीचको सहयोग, सहकार्य र सद्‍भावना थप गाढा हुने विश्वास व्यक्त गरे । मन्त्री कार्कीले नेपाल र भारत बिचको मित्रता ऐतिहासिक रहेको तथा दुई देशबीचको मित्रता सदैव सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे । साथै नेपालमा कोभिड–१९ को नियन्त्रणको लागी भारत सरकारले देखाएको चासो र सहयोगको लागी धन्यवाद व्यक्त गरे । 



Author

थप समाचार
x