कूटनीति

प्रधानमन्त्री देउवालाई जापानी प्रधानमन्त्री सुगाको बधाई सन्देश

इकागज |
साउन ७, २०७८ बिहिवार १७:५२ बजे

काठमाडौँ– नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री देउवाको निवास बालुवाटारमा भएको भेटमा राजदूतले संसदबाट विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिएका थिए ।

राजदूतले जापानी प्रधानमन्त्री सुगा योशिहिदेले देउवालाई पठाएको बधाई सन्देशसहितको पत्र हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री देउवाले बधाईका लागि आफ्ना जापानी समकक्षी सुगालाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री र राजदूतले दुई देशबीचको सम्बन्धको सशक्तीकरणका सम्बन्धमा छलफल गरेका थिए ।


सन् २०२२ जापान र नेपालबीच विद्यार्थी आदान प्रदानको १२०औं वर्ष हो । त्यस्तै नेपाल र जापानबीच कोभिड–१९का सामाजिक तथा आर्थिक प्रभाव न्यूनीकरणका विषयमा छलफल गरेका थिए । 

राजदूत किकुताले जापान र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्दै कोभिड–१९ विरुद्धको खोप सहित नेपाली जनताको जीवनस्तर सुधारका विषयमा छलफल गरेका थिए । उनले जापानले नेपालका लागि १६ लाख अष्ट्राजेनिका खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा प्रधानमन्त्री देउवाले राजदूतमार्फत् जापान सरकार र जापानी जनतालाई धन्यावाद दिएका थिए । 
 


Author

थप समाचार
x