कूटनीति

चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

इकागज |
मंसिर १८, २०७७ बिहीबार १६:१६ बजे

तस्बिर : सुनिल सी बज्राचार्य/राष्टपति कार्यालय

काठमाडौं : विभिन्‍न चार मित्र मुलुकका आवासीय राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । सघन सहकार्यमा रहेका चार मुलुक बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट लगत्तै राजदूतहरूको ओहोदाको प्रमाणपत्र बुझाउने कार्य अघि बढेको हो । बंगलादेशका सलहुध्दिन नोमन चौधरी, इजरायलका हनान गोडेर गोल्डवर्ग, म्यानमारका सैन ओ र थाइल्याण्डका भोसिता भोरासपले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।


राजदूतहरू बंग्गिमा चढेर राष्ट्रपति कार्यालय पुग्‍ने र ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने चलन रहेको भएपनि कोभिडको कारण उनीहरू मन्त्रालयबाट सिधै शीतलनिवास पुगेका थिए । त्यहाँ उनीहरूले नेपालमा पहिलो  को आइपुगेका हुन् त्यही आधारमा ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

कोभिड-१९ का कारण निकै सुरक्षित ढंगले उक्त ओहोदाको प्रमाणपत्र बुझाउने कार्य भएको परराष्ट्रका अधिकारीले बताए । ओहोदाको प्रमाणपत्र बुझाएपछि उनीहरूले पालै पालो राष्ट्रपति भण्डारीसँग दुईपक्षीय संक्षिप्त वार्ता समेत गरेका थिए । उनीहरुले आफ्नो मुलुकको राष्ट्र एवं सरकार प्रमुखको सन्देश समेत राष्ट्रपतिलाई सुनाएका थिए । उनीहरुले बिहीबारै अन्य राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।  


Author

थप समाचार
x