कूटनीति

पूर्व फ्रान्सेली राष्ट्रपतिको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना

इकागज |
मंसिर १९, २०७७ शुक्रबार १८:१ बजे

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधनमा समवेदना व्यक्त गरेकी छन् ।

फ्रान्सका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको भण्डारीले बताएकी हुन् । 


राष्ट्रपति भण्डारीले शुक्रबार फ्रान्सेली राष्ट्रपतिलाई पठाएको शोकसन्देशमा पूर्वराष्ट्रपतिका शोकाकूल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा  समवेदना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस


Author

थप समाचार
x