कूटनीति

वैदेशिक रोजगाारीमा जाने नेपालीहरूकाे सहजीकरणमा सरकारको प्रयास अप्रयाप्त

इकागज |
साउन १८, २०७८ सोमबार २१:१५ बजे

काठमाडौँ – वैदेशिक रोजगाारीमा जाने नेपाली कामदारहरूलाई रोजगारीमा पठाउन सहजीकरण गर्ने सरकारको प्रयास प्रयाप्त नभएको सरोकारवालाहरूले जनाएका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई कोभिड-१९ ले पारेको गम्भीर असरबारे विचार-विमर्श गरी सरोकारवालालाई नेपाली कामदारहरूको हितमा उपयुक्त कदम चाल्न उनीहरूले सुझाव दिएका छन् । 

परराष्ट्र सेवाबाट निवृत्त भएका पूर्वराजदूतहरुको समुह आफ्कानले उनीहरूको समस्या र निकास बारेमा गरेको भर्चुअल कार्यक्रममा अधिकांश पूर्वराजदूतले सरकारको ध्यान त्यसतर्फ जाने नसकेको बताएका थिए । ति मुलुकहरूमा रहेका राजदूत र नियोग उपप्रमुखले पनि त्यसमा उल्लेख्य भूमिका खेल्न पर्नेमा उनीहरूको जोड थियो । उनीहरूले पश्चिम एसियाली मुलुकमा रहेका नेपाली राजदूतहरूलाई समेत सहभागी गराएर त्यहाँको समस्याबारे जानकरी लिने काम गर्दै सुझाव पनि दिएका हुन् । 


आफ्कान अध्यक्ष डा. रामभक्त ठाकुरको अगुवाइमा भएको भर्चुअल अन्तरक्रियामा विद्वतवर्ग, विज्ञ र सरोकारवालाहरू सहभागी थिए ।  कार्यक्रममा वैदेशिक रोजगारी सम्बन्धी विज्ञहरू, पूर्व राजदूतहरू, इजरायल, यूएई, कुवेत र सउदी अरब स्थित नेपाली नियोगप्रमुखहरू, परराष्ट्र मन्त्रालयका वर्तमान र पूर्वपदाधिकारीहरू, पूर्वराजदूतहरू, बुद्धिजीवी तथा जनशक्ति व्यवसायीहरूको उल्लेख्य उपस्थिति थियो ।

सहभागीहरूले कोभिड-१९ को महामारीका समयमा वैदेशिक रोजगारीमा नेपालीहरूले खेपेका समस्या र खाएका हण्डरबारे चर्चा गरेका थिए । त्यसबाट परेको असर र त्यस्ता नागरिकलाई गर्नुपर्ने कार्यबारेमा सरकारलाई सुझाव समेत दिएका थिए । बिदामा आएकाहरू फर्कन पाउनुपर्ने, त्यहाँ रहेकाले खोप लगाउनु पर्ने, खोप नलगाएकालाई खोप लगाएर पठाउन पर्ने जस्ता कार्यहरूको बारेमा लामै बहस चलेको थियो । 


Author

थप समाचार
x