कूटनीति

जापानबाट आइपुग्यो २ लाख ८ हजार खोप

इकागज |
भदौ ५, २०७८ शनिबार १४:२ बजे

काठमाडौँ– जापान सरकारले अनुदानमा प्रदान गरेको खोप २ लाख ८ हजार सात सय खोप आज काठमाडौँ आइपुगेको छ । जापानले नेपाललाई पठाएको १६ लाख १४ हजार सात सय ४० मात्रा अष्ट्राजेनेका खोप मध्ये यसअघि ९ लाख खोप साउनको २३ र २४ मा नेपाल आएको थियो । 

बाँकी खोप भने आइतबार र सोमबार काठमाडौँ आउने जापानी दूतावासले जनाएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाललाई कोभ्याक्स अन्तर्गत महामारी नियन्त्रणका लागि खोप प्रदान गरेको बताए ।


उक्त खोप   कोभिशिल्ड खोपको पहिलो मात्रा लिएर दोस्रो खोपको प्रतिक्षामा रहेका साथै ६५ वर्ष र सोभन्दा माथिको उमेर समूह तथा वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरि १४लाख व्यक्तिका लागि वितरण भैरहेको छ । 
जापानले कोभिड–१९ महामारी नियन्त्रणका लागि कोलिशन फर इपिडेमिक प्रिपियर्डनेस इनोभेसन्स (सेपि), गाभी– विश्वव्यापी खोप सहकार्य, संयुक्त राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनसँग काम गर्दै आएको छ । 

नेपालका लागि जापानी रावदूत किकुता युताकाले खोप अनुदान नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीक भएको बताएका छन् । 


Author

थप समाचार
x