कन्सुलर विभागले बल्ल थाल्यो अनलाइनबाट प्रमाणीकरण
काठमाडौँ - कन्सुलर विभागले अनलाइनबाट मात्र प्रहरी रिपोर्ट प्रमाणीकरण हुने जानकारी दिएको छ । प्रविधिको यो युगमा विभागले यतिबेला आएर अनलाइनबाट मात्र हुने प्रमाणीकरण गर्ने विषय समेत पत्रकार सम्मेलन नै गरेर जानकारी दिएको छ ।
यद्यपि, कन्सुलर सेवाका अधिक काम अनलाइनबाट गर्न सकिने हुँदा-हुँदै पनि व्यवस्थापनमा चुकेको र खास गति नपाएको अवस्था छ । परराष्ट्र कन्सुलरले 'यतिबेला आएर यसो गरे भन्नु' आफैंमा लज्जास्पद हो ।
यद्यपि ढिलै भएपनि विभागले यस्तो काम थालेको छ । यो कार्य प्रभावकारी होस् भन्नेमा अधिकारीहरु छन् । विभागले आफ्नो वेव पाेर्टल nepalconsular.gov.np गएर त्यसले दिएको जानकारी अनुसार गर्ने समेत उल्लेख गरेको छ । त्यहाँ खासगरी कन्सुलर प्रमाणीकरणका लागि अनलाईन आवेदन कसरी जानकारी दिइएको छ ।
कन्सुलर विभागको वेव पोर्टलमा गएर त्यहाँ दिइएको जानकारी अनुरुप आवेदन दिएपछि कन्सुलर विभागले सेवाबारे सबै जानकारी त्यहाँ दिएको मोवाइल नम्वरमा एसएमएस पठाउने छ । यसको सक्कल कागजात लिन भने विभागमा नै जानुपर्ने हुन्छ । त्यसका लागि नागरिकता र फोटो सहित परिचय खुल्ने परिचयपत्र लिएर जानुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया