कूटनीति

एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष ब्रुक्स फर्किए

इकागज |
भदौ २७, २०७८ आइतबार २२:४ बजे

फाइल फोटो

काठमाडौँ - एमसीसीका विषयमा छलफल गर्न काठमाडौँ आएकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स फर्किएका छन् । कतार एयरको जहाजबाट राती ९ बजेट ३४ मिनेटमा एमसीसी उपाध्यक्ष सुमार फर्किएकी हुन् । एमसीसी संसदबाट पारित गर्ने विषयमा दलहरुबीच मतभेद भएपछि त्यसबारे साझा धारणा बनाउन सुमार काठमाडौँ ओर्लिएकी थिइन् ।

उनले काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री जनार्दन शर्मा लगायतसँग भेटघाट गरेकी थिइन् । एमसीसी संसदबाट पारित गर्ने विषयमा दलहरुबीच सहमति नभएपछि उनी फर्किएकी हुन् । यद्यपी एमसीसी संसदबाटै दलहरुको साझा धारणाका साथ पारित हुने विश्वास सुमारले व्यक्त गरेर स्वदेश फर्केकी छन् । 



Author

थप समाचार
x