कूटनीति

परराष्ट्रमन्त्री खड्कालाई अमेरिका र जापानको बधाई

इकागज |
असोज ७, २०७८ बिहीबार १८:० बजे

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई अमेरिका र जापानले बधाई दिएका छन् । अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले परराष्ट्रमन्त्री खड्कालाई बधाई दिदैं जलवायु परिवर्तन, कोभिड–१९ र विश्वमा लोकतन्त्रको जगेर्ना लगायत आपसी हितका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरेका छन् । 

त्यस्तै, जापानका लागि नेपाली राजदूत किकुता युताकाले परराष्ट्रमन्त्री खड्कालाई बधाई दिदैं सफल कार्यकालका शुभकामना दिएका छन् । नेपालस्थित जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा आगामी वर्ष नेपालका आठ विद्यार्थीहरू जापान भ्रमण १२० वर्ष पुग्न लागेको उल्लेख गर्दै नेपाल र जापानबीच सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई दर्शाइएको छ । जापानले कोभ्यासक्स अन्तर्गत कोभिड–१९ महामारीसँग लड्न हालै १६ लाख मात्रा अष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । 


राजदूत किकुताले नेपाल र जापानबीच जनस्तरको सम्बन्धलाई कदर गर्दै १७ सेप्टेम्बरदेखि नेपालीलाई जापानमा पुनः प्रवेशको व्यवस्था मिलाएको उल्लेख गरेका छन् । उनले परराष्ट्रमन्त्री खड्काको कार्यकालमा नेपाल र जापानबीचको द्विपक्षीय र मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेगरी दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहकार्य गर्ने उल्लेख गरेका छन् । 


Author

थप समाचार
x